
म्हेन्दो लामा /ओकिनावा
नेपाली राष्ट्रिय चाड तथा तामाङ जातिहरुको महान् पर्व मञ्जुश्री सम्वत २८६१ औँ साला पुख्रि (सर्प) ल्हो सोनाम ल्होछारको अवसरमा जापानको ओकिनावामा बृहत् सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाल तामाङ समाज जापान क्षेत्रीय समिति ओकिनावाले आयोजना गर्ने यो विशेष कार्यक्रममा तामाङ जातिहरुको संस्कृति झल्काउने विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु हुने भएका छन् ।
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकोले ओकिनावामा रहेका तामाङ समुदायका साथै अन्य नेपालीहरुलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा पठाइसकिएको आयोजकले बताएको छ ।
नाहा कल्चरल आर्ट्स थिएटरमा २०२५ फेब्रुअरी ६ बिहिबार दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ¥१,००० तोकिएको छ ।
कार्यक्रममा तामाङ वेशभूषा, भाषा, नृत्य, गीत तथा अन्य सांस्कृतिक गतिविधिहरुको प्रदर्शनी हुनेछ । कार्यक्रममा धूम्रपान निषेध गरिएको छ भने मदिरा सेवन गरेर कार्यक्रममा प्रवेश गर्न निषेध गरिएको छ ।
थप जानकारीको लागि
प्रकाशजंग तामाङ (०८०४२७६४८७५), प्रमिला तामाङ (०८०६४८६३८६४), एभरेष्ट तामाङ (०८०९८५३३०२६), रमेश के. तामाङ (०८०६४८९४४२४), राजेश लामा (०८०६४९६३६५०), कुन्साङ योन्जन (०८०६४९८३०४२), रणजीत तामाङ (०८०६४९८१०५१), स्याम्सा तामाङ (८०६४८२१५१४), मुना तामाङ (०८०९१०१७७५६), सन्जोग के. लामा (०८०४५४०९६६७), सोना लामा (०८०१७८६२४८०), सुदन के तामाङ (०८०६४८०२२६९), लक्ष्य मोक्तान (०७०१९४५८७११) र सुरेन्द्र ल्हो तामाङ (०७०३८०००१७१) लाई सम्पर्क गर्न सकिनेछ ।