टुँडिखेलमा सोनाम ल्होछारको तयारी भएको हुँदै छ ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्षको लागि तयारी हुन लागेकाे हो ।

प्रत्येक वर्ष १-१ वटा जनावर तथा जीवजन्तुको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बिरालो बर्षलाइ बिदाइ गर्दै गरुड बर्षमा प्रवेश गरेको छ । ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो।

महोत्सवमा तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरूलाई स्टलमा राखिने आयोजकले बताए ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय