नेपाल तामाङ समाज जापानको आयोजनामा डम्फु सेलो तथा म्हेन्दोमाया साँझ २०२४ आयोजना हुने भएको छ ।
“भाषा धर्म कला सस्कृतिको संरक्षण डम्फु हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना हुन लागिरहेको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाइ सम्मान गर्नुका साथै जापानमा रहेका चर्चित तामाङ कलाकारहरुको उपस्थितिमा तामाङ जातिहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक प्रस्तुतिहरु रहने नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा गायकहरु जनक थोकर, एल बी थोकर, प्रज्वल दोङ, प्रकाश तामाङ ,अमित मोक्तान ,सागर पाख्रिन र डान्सरहरु संगिता थोकर ,अमृता लो ,अमिर मोक्तान ,सुमित्रा तामाङको साथमा नेपाल तामाङ समाज च्युबु मिए क्षेत्रीय समितिको साँस्कृतिक विभागको टोलीले म्हेन्दोमाया विषेश प्रस्तुती प्रस्तुत गरिने भएकोले जापानमा रहेका तामाङ तथा गैर तामाङहरुले कार्यक्रमा सहभागी भइ भरपुर मनोरन्जनको साथमा तामाङ जातिहरुको पहिचान झल्कने मौलिक कला ,संस्कृति र परम्पराबारे जानकारी लिन सकिने भएकोले उपस्थितिको लागि जापानबासी सबै तामाङ तथा गैर तामाङ महानुभावहरुलाइ आयोजक संस्था नेपाल तामाङ समाज जापानले अनुरोध समेत गरेको छ ।
कार्यक्रम सेप्टेम्बर १५ तारिख आइतबारको दिन बिहान ११ बजे देखि बेलुकी २१ बजेसम्म टोकियोस्थित रोयल गार्डेन रेष्टुरेन्टमा हुने सचिव जनक थोकरले जानकारी दिनुभएको छ ।