तमु धीं जापानको २० औं अधिवेशन र नयाँ कार्यसमिति चयनको विषयलाई लिएर केहि पुर्वपदाधिकारी एवम उम्मदेवारहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

अधिवेशनमा कोषाध्यक्ष पदका उम्मेदवार लिल तमुले विज्ञप्ती प्रकाशित गर्दै संस्थाको संगठानिक प्रतिवेदन र लेखा सम्बन्धि अभिलेख अधिवेशनको बन्दसत्रमा समेत प्रस्तुत नगरि गैरजिम्मेवार र अवैधानिक काम रहेको भन्दै पुनः विधिसबंत निर्वाचनको माग राखेका हुन् । “संस्थाको हित विपरित संस्थालाई अनिर्णयको बन्दी बनाउने, अधिवेशनको मर्मलाई अमर्यादित तरिकाले मानोमानी ढंगले निर्वाचन मण्डलका कथित संयोजकले एकलौटी हस्तक्षेपकारी ढंगले बन्दसत्रलाई अगाडी बढाएर कुनै पनि आचारसंहिता पनि नबनाई विभिन्न पदहरूमा परेको उम्मेदवारहरू माथि केही सुनुवाई नगरी आयोजक समितिका जिम्मेवार ब्यक्तिले आफ्नो खल्तीबाट रेडिमेट कार्यसमितिको नामावाली कथित निर्वाचन समितिलाई बुझाएर नाटकिय तरिकाबाट हिमाली तमु अध्यक्ष सहितको नयाँ कार्यसमिति गठन गरेको प्रति हाम्रो गम्भिर आपत्ती छ” विज्ञप्तीमा भनिएको छ ।

नयाँ कार्यसमिति गठन गरिएको यो प्रकया अवैधानिक अलोकतान्त्रिक छ । साथै यस्ता प्रवृत्तिले तमु समुदयको संस्कार संस्कृति, हक–अधिकार, उत्थान, सुख–दुःखमा साथ सहयोग, कला–संस्कृतिक, भेषभुषा, आफ्नो पहिचानका कुनै पनि कुरा गर्न नसक्ने ठहर गरेका विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन संस्थाको विधि, विधान र नीतिनियम विपरीत गई सबै जापानवासी तमुहरुलाई समेट्न नसकेको र केहि व्यक्तिहरुले संस्था कब्जा गरेकाले २४ घण्टे समयसिमा दिएर निर्वाचनको प्रकिया पुन: विचार गर्न अपील गरेको ३ दिन बितिसक्दासमेत छलफल भएको देखिदैन ।

नयाँ कार्यसमिति गठन गरिएको यो प्रकया अवैधानिक अलोकतान्त्रिक छ । साथै यस्ता प्रवृत्तिले तमु समुदयको संस्कार संस्कृति, हक–अधिकार, उत्थान, सुख–दुःखमा साथ सहयोग, कला–संस्कृतिक, भेषभुषा, आफ्नो पहिचानका कुनै पनि कुरा गर्न नसक्ने ठहर गरेका विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन संस्थाको विधि, विधान र नीतिनियम विपरीत गई सबै जापानवासी तमुहरुलाई समेट्न नसकेको र केहि व्यक्तिहरुले संस्था कब्जा गरेकाले २४ घण्टे समयसिमा दिएर निर्वाचनको प्रकिया पुन: विचार गर्न अपील गरेको थियो ।

प्रेस विज्ञप्ति निकालेको २४ घण्टासम्म केहि सुनुवाई नभएकोले जापानमा बृहत तमुहरूको भेला गर्नुको कुनैं विकल्प नरहने असन्तुष्ट पक्षका युवराज तमुले बताएपनि औपचारिक रुपमा कुनै जानकारी भने प्राप्त भएको छैन ।

तमुधी जापानका निवर्तमान अध्यक्ष रमेश कुमार तमुले आफ्नै न्युज‌संगको संक्षिप्त कुराकानीको क्रममा असन्तुष्ट पक्षहरु अधिकांश तमु धी भन्दा बाहिर रहेका ब्यक्तिहरुको नाम उल्लेख भएको र तमुधि जापानको बिधानमा २ कार्यकाल लगातार रहेर सकृय रुपमा काम नगरेका र अन्य संस्थाको नेतृत्व गरिरहेका ब्यक्तिहरु बिधान बमोजिम नेतृत्वको लागि उम्मेद्वारी दिन नपाउने बताउनुभयो ।

निवर्तमान अध्यक्ष रमेश कुमार तमुले तमुधि जापानका सबै पदाधिकारी सल्लाहकार संरक्षक असन्तुष्ट पक्षहरु अनि जापानबासी पत्रकारहरु भेला गराइ चाढैनै प्रष्ट पार्ने समेत जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय