टोकियोमा आयोजित नेपाल फेस्टिभलमा एक विशेष समारोहका बीच आइएमईले आयोजना गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाकी विजेता प्रमिलालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।

जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी प्रमिलालाई जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, आईएमई लिमिटेडका तर्फबाट शुसिल थापा र क्योदाई जापानका प्रतिनिधिहरूले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन्।

आइएमईले विदेशबाट आइएमईमार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले एक वर्ष अघिदेखि यो योजना सञ्चालन गरेको थियो। यस योजना अन्तर्गत हरेक महिना एक जनाले एक लाख रुपैयाँ नगद उपहार जित्ने अवसरसमेत रहेको थियो।

एक करोड रुपैयाँ जितेर खुसी भएकी प्रमिलाले यो रकमले घर बनाउने योजना सुनाएकी छन्। उनले भनिन्, “रेमिट्यान्स गर्दा भाग्य चम्कियो। अब यो रकमले घर बनाएर बाआमालाई राख्छु।”
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्ता योजनाहरू सञ्चालन गर्दै आएको बताए।

उनले यस वर्षको योजनाको नारा ‘आइएमई गरौँ,उद्यमी बनौँ’ राखिएको उल्लेख गर्दै यसले रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार, समुदाय र नीति निर्माण तह सबैलाई दिगो अर्थतन्त्र निर्माणतर्फ उन्मुख हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय