
दशैं आउनेबित्तिकै हाम्रो मनमा उत्सवको रौनक छाएको हुन्छ। मीठो परिकार, साथीभाइसँगको भेटघाट र रमाइलोले दशैंलाई अझै विशेष बनाउँछ। तर, यसबीचमा केही सावधानी नअपनाउँदा स्वास्थ्यमा असर पर्न सक्छ। त्यसैले, दशैंलाई सुरक्षित र स्वस्थ बनाउन केही सरल उपायहरू अवलम्बन गर्न सकिन्छ।
दशैंमा विभिन्न प्रकारका मिठाई, चिल्लो परिकार खाने चलन छ। यद्यपि, यस्ता खानेकुराको अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले, सन्तुलित आहार लिने, हरियो सागपात, फलफूल, दही, दूधजस्ता कुराहरू पनि खाने र पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ। खाना पकाउँदा र खादा सफाइमा विशेष ध्यान दिनुपर्छ।

दूषित खानेकुरा खाँदा झाडापखाला, टाइफाइड जस्ता रोग लाग्न सक्छ। मद्यपानको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। मद्यपान गर्दा मितव्ययी हुनुपर्छ। खानामा रङ र कृत्रिम पदार्थको प्रयोग कम गर्ने। यस्ता पदार्थहरूले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन्।
दशैंमा विभिन्न प्रकारका खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरू हुन्छन्। यस्ता कार्यक्रमहरूमा सहभागी हुँदा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। दशैंमा मेला, महोत्सव आदिमा भिडभाड हुन्छ। भिडभाडमा पर्दा कुचिएर वा अन्य दुर्घटना हुन सक्छ। त्यसैले, भिडभाडमा नपस्ने प्रयास गर्नुपर्छ। दशैंमा सडक दुर्घटनाको संख्या बढ्ने गर्छ। त्यसैले, सडक पार गर्दा सचेत हुनुपर्छ, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु हुँदैन र ट्राफिक नियमको पालना गर्नुपर्छ।
पीङ खेल्नुअघि पीङको डोरी, दाउरा आदि राम्रोसँग जाँच गर्नुपर्छ। जीर्ण पीङ खेल्दा दुर्घटना हुन सक्छ। साना बच्चाहरूलाई पीङ खेल्दा निगरानीमा राख्नुपर्छ। उनीहरू एक्लै पीङ खेल्न नदिनुहोस्। पीङमा एकैचोटि धेरै जना चढ्दा पीङ भाँचिने सम्भावना हुन्छ। त्यसैले, एकैचोटि थोरै जना मात्र चढ्नुपर्छ।
साथीभाइ आफन्तजन अनि परिवारजनसंग रातभर जागराम बस्ने, विभिन्न कार्यक्रमहरूमा सहभागी हुने गर्दा पर्याप्त निद्रा लिन पाउँदैनौँ। यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले, पर्याप्त निद्रा लिनुपर्छ। दशैंमा घरमै बसेर मिठो खाने, टेलिभिजन हेर्ने जस्ता काम बढी हुन्छ। यसले शरीरलाई निष्क्रिय बनाउँछ। त्यसैले, दैनिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ। कुनै पनि स्वास्थ्य समस्या देखिएमा समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।
दशैं हाम्रो महान चाड हो। यो चाडलाई रमाइलोसँगै स्वस्थकर बनाउन हामी सबै सचेत हुनुपर्छ। सानो सावधानी अपनाएर हामी आफू र आफ्नो परिवारलाई स्वस्थ राख्न सक्छौँ।
अर्को कुरा दशैंमा बढ्दो जुवा र पशुबलीको प्रचलन बढ्नु चिन्ताको विषय हो। यी कुप्रथाहरूलाई निरुत्साहित गर्न, हामीले जनचेतना फैलाउनुपर्छ। विद्यालयदेखि नै यस्ता कुराहरूका हानिका बारेमा सिकाउनुपर्छ। धार्मिक नेताहरूले पशुबलीको विकल्प खोज्न प्रेरित गर्नुपर्छ। कानूनको प्रभावकारी कार्यान्वयन र दशैंलाई सामाजिक सेवाको पर्वका रूपमा मनाउने वातावरण बनाउन सकेमा मात्र यस्ता कुप्रथाहरूलाई अन्त्य गर्न सकिन्छ। हामी सबैको सकारात्मक प्रयासबाट नै दशैंलाई सभ्य र सकारात्मक पर्वका रूपमा मनाउन सकिन्छ।