टोकियो, ४अक्टोबर
गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार गोविन्द गुरुङद्वारा सृजित कौडा गीत “मैले तिमिलाई दिलमा सजाउछु” को भव्य प्रिमियर शो हिजो टोकियोमा सम्पन्न भएको छ। शिनोकुबोस्थित रोयल गार्डेन रेस्टुरेन्टमा आयोजित यस कार्यक्रममा गुरुङको सिर्जनाले दर्शकहरूको मन जित्न सफल भएको छ ।
गीतको भिडियोमा गोविन्द गुरुङको शब्द र संगीत ,दिपक घलेको निर्देशन,अमर गुरुङको स्वर, चन्द्र गुरुङको छायाँकन र गुरुङ समाज जापानका कलाकारहरू तथा फ्रेण्ड्स फर इभर (Friends Forever )Unitको प्रस्तुतिले थप आकर्षण थपेको थियो। यस गीतले नेपाली, विशेषगरी गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ।
कार्यक्रममा उपस्थित दर्शकहरूले गीतको मधुर धुन र शब्दहरूको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा पनि यस गीतले निकै चर्चा पाएको छ। दर्शकहरूले यसलाई नेपाली संगीतको एउटा नयाँ आयाम भएको बताएका छन्।
“मैले तिमलाई दिलमा सजाउछु” ले देखाएको सफलताले नेपाली कला, विशेषगरी गुरुङ कलाको विश्वव्यापीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। जापानको व्यस्त शहर टोकियोमा यस गीतको सफल प्रिमियरले नेपाली कला र संस्कृतिप्रतिको विश्वव्यापी आकर्षणलाई थप पुष्टि गरेको छ।
गुरुङको “मैले तिमलाई दिलमा सजाउछु” ले नेपाली संगीतमा एउटा नयाँ अध्याय थपेको छ। यस गीतले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्याङजा समाजका अध्यक्ष चित्र गुरूङ, गुरूङ समाज जापानका महासचिव मोती गुरूङ, संरक्षक आश बहादुर गुरूङ,नमस्ते गुरूङ , लगायतले आफ्नो मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए।
फ्रेण्ड्स फर इभरका अध्यक्ष लाल गुरूङको अध्यक्षता र गुरूङ समाज जापानका युवराज गुरूङको प्रमुख अतिथिमा भएको कार्यक्रमको संचालक भने जमुना गुरूङले गरेकी थिइन ।
यसैवीच सम्पूर्ण कलाकार, सहयोगीहरूलाई पनि सम्मानपनि गरिएको थियो ।
भिडियो GAULE P KALU युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ ।