गाजामा युद्धविराम कार्यान्वयनमा आएर इजरेली फौजहरू कतिपय क्षेत्रबाट हटेपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट शवहरू निकालिरहेका छन्।
अवस्था अज्ञात रहेका प्यालेस्टिनीहरूलाई खोज्न भग्नावशेषहरू हटाउने कार्य भइरहेको गाजास्थित हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले जनाएको हो।

उसका अनुसार गाजाभरि ९,५०० प्यालेस्टिनीको अवस्थाबारे थाहा हुन सकेको छैन। गाजामा युद्धविराम कार्यान्वयनमा आएको शनिवार दोस्रो दिन शुरू भएको छ।भग्नावशेषभित्र रहेका सबै शव निकाल्न आवश्यक उपकरण आफूहरूसँग नरहेकाले इजरेलसँग समन्वय गरिदिन एजेन्सीले रेडक्रससँग समेत आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय