युगान्डाको प्रमुख राजमार्गमा हिजो मध्यरातपछि भएको भीषण बस दुर्घटनामा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने ४० जनाभन्दा धेरै घाइते भएका छन्।

युगान्डा प्रहरीका अनुसार कम्पाला–गुलु मोटरवेमा ओभरटेक गर्ने क्रममा दुईवटा बस एकआपसमा ठोक्किएका थिए। चालकले ठक्करबाट जोगिन खोज्दा एउटा बस पल्टियो, जसका कारण अरू चारवटा गाडीसमेत चेन रियाक्सनमा परेर दुर्घटनाग्रस्त भएका थिए।

दुर्घटनामा ४३ जनाको मृत्यु भएको पुष्टि भएको र ४० जनाभन्दा धेरै गम्भीर घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने दुर्घटनाहरूमा ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय