
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गरेका छन्।
युक्रेनले अमेरिकाबाट आयात गरिएका त्यस्ता क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई बारम्बार आग्रह गर्दै आएको थियो। अमेरिकाले लामो दूरीका अमेरिका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिएकाले रुसले गरेको आक्रमणको प्रतिकार गर्दा आफ्नो “हात बाँधिएको” युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए।
रुसले बाइडनको टिप्पणीबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले नै त्यस्तो कार्यले “व्यापक र गम्भीर परिणाम” निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन्।
@bbc