युको ओकामोतो १९८५ सालमा पहिलो चोटि नेपाल जानुभएको थियो ।उहाँले नेपालको काभ्रेपलान्चोक, कास्की, पर्वत, लमजुङ, गोरखा, धादिङ, सिन्धुपाल्चोक, सोलुखुम्बु, झापा, चितवन , लुम्बिनी दाङ गरी १ दर्जन भन्दा बढी जिल्लाहरूको विभिन्न ठाँउहरुमा पुगी विभिन्न जातजातिका मौलिक नाँचहरु सिक्नुभएको थियो । सुरुमा उनी ३-३ महिना र १९९६देखि २००० सालसम्म लगातार ४ वर्ष नेपालमा बसेर ती ठाँउहरुको undefined मौलिक नाँचहरुको अध्ययन गर्नुभएको थियो । त्यतिखेर काठमान्डैाको पिके क्याम्पसमा भएको नाँचगान प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभई तत्कालीन स्व राजा बिरेन्द वीर विक्रम शाहदेवबाट सम्मानित हुनुभएको थियो ।

१८ वर्षको हो युवाको समयमा संसारभरिका जनजातिहरूको नृत्यहरू सबै सिक्ने कल्पना गरेको थिएँ कसरी सिक्ने भन्ने बारे धेरै सोची अनि संसारको सबैभन्दा अग्लो उचाइमा रहेको देश र हिमाल हिमाल भएको देश नेपाललाई रोजेको हुँ पुरानो तरीकाको जनजाति नाँचहरु सिक्नका लागि अवश्य गाउँ मा जानुपर्छ भनेर छोमरुङ गाउँमा गएर एक महिना एउटा गुरुङ परिवारकोमा गएर बसे ।

मेरो जीवनमा पहिलो नेपाली नाँचको गुरु भनेको गाउँका बालबालिकाहरुनै हुन् । सिक्दै जाने क्रममा ती नेपाली मौलिक नाँचहरु झनझन मन पराउन थाल्यो । पछि नेपाल जाँदा काठमान्डैमा केही नेपालीहरूले काठमान्डैा स्थित एउटा इन्स्टिच्युट चिनाइदिएको थियो । त्यसपछि त्यहाँ नाँच सिकेर जापान फकेपछि जापानीहरूलाई नाँच देखाउन थाल्नुभएको थियो । एक दिन इन्स्टिट्युडमा शेर्पाहरूको मौलिक नाँच स्यब्रु सिकिरहेको बेला एक जना शेर्पाले यो साँच्चिकैको स्यब्रु होइन भन्दा केही खिन्न भएको बताउनुभयो । किनकि उहाँले आफ्नै लगानी र समय मिलाएर नेपालमा भएको आदिवासिहरुको मौलिक नाँचहरु जापानीहरूलाई देखाउन चाहनुहुन्थ्यो । त्यसपछि उहाँले नेपालमा पुरानो नृत्यहरू सिक्न राजधानीमा बसेर होइन गाँउगाँउ जाने ‌‌सोच बनाउनुभएको थियो ।

योको ओकामोतो जापानको राजधानी टोकियोमा अवस्थित वाको विश्वविद्यालयमा नेपाली सङ्गीत सगैं नृत्य प्रशिक्षकको रूपमा विगत २० वर्ष अगाडिदेखि कार्यरत हुनुहुन्छ ।
निकै प्रसिद्ध मानिने यस विद्यालयमा साताको २ दिन नेपाली गीत सङ्गीतका धुनहरूले गुञ्जायमान हुने गर्दछ । उहाँले नेपालका विभिन्न आदिवासी जनजातिहरूको लोपोन्मुख लोक नृत्यहरू जापानी बिध्यार्थीहरुलाइ सिकाउँदै आइरहनुभएको छ । यस विद्यालयमा साताको २ दिन जम्मा९० मिनेट नेपाली गीत सङ्गीत कक्षा सञ्चालन हुन्छ ।

जापानी युवाहरूलाई संस्कृति के हो भन्ने बारेमा खासै थाह नभएकोले जातीय विविधता अनि सांस्कृतिक रूपमा धनी देश नेपालको गीत सङ्गीत कला सिकाउन थालेको योको ओकामोतोले बताउनुभयो ।
मानव जातिहरूमा आइपर्ने विभिन्न दुख पीर पीडालाइ भुलाउने एउटै मात्र साधन भनेको ललितकला तथा सङ्गीत भएकोले यसलाई बिर्सनु नहुने बताउनुहुन्छ ।

यति मात्र नभई उनी जापानमा एकल जातीय संस्थाहरूबाट आयोजना हुने विभिन्न छलफलहरुमा सहभागी भई सल्लाह सुझावहरु दिनुका साथै सांस्कृतिक कार्यक्रमहरुमा नेपालका आदिवासी जनजातिहरुसंग मौलिक गीतमा नाँच्ने अनि गाँउनेपनि गर्दैआइरहनुभएको छ ।

उहाँ नेपाली पुराना गीत ‌‌सङ्गीत कला गीत वादन नृत्यमा धनी रहेकोले नेपाल अनि नेपालीहरूलाई असाध्यै माया गर्नुहुन्छ । नेपालीहरूबाट जापानी नागरिकहरुले सिक्नुपर्ने कुराहरु धेरै छन् र नेपालीहरूले अरु देशको संस्कार संस्कृति अनि अन्य कुराहरु कपी पेस्ट मात्र नगरेर आफ्नो देशको संस्कृति राम्रोसँग अध्ययन गरेर साना साना बालबालिकाहरूलाई सिकाउन सके पछिल्लो पिँडीहरूको लागि ठुलो शक्ति साबित हुने बताउनुहुन्छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय