टोकियो: नेपाली फिल्म क्षेत्रका चर्चित निर्देशक अनिल बुढामगरलाई जापानमा विशेष सम्मान गर्न लागिएको छ। नेपाल मगर संघ जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आगामी ४ नोभेम्बर २०२४, सोमबार साँझ ६ बजे रोयल गार्डेन रेष्टुरेन्ट, सिनोकुबोमा एक भव्य कार्यक्रम आयोजना गरिने भएको हो।
“घरज्वाइँ” जस्तो ब्लकबस्टर नेपाली फिल्म र अन्तर्राष्ट्रिय स्तरमा चर्चित डकुमेन्ट्री “द लास्ट सेफर्ड” जस्ता उत्कृष्ट सिर्जनाका लागि निर्देशक बुढामगरलाई सम्मान गर्न यो कार्यक्रम आयोजित गरिएको हो। कार्यक्रममा निर्देशक बुढामगरसँगको प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा विशेष सम्मान समारोह हुनेछ।
नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका निर्देशक बुढामगरसँग अन्तरक्रिया गर्ने यो एक अविस्मरणीय अवसर हुने आयोजकहरूले बताएका छन्। नेपाली चलचित्र क्षेत्रप्रतिको माया र समर्पणलाई सम्मान गर्दै आयोजित यस कार्यक्रममा सबैलाई उपस्थित भई निर्देशक बुढामगरलाई सम्मान गर्न हार्दिक निमन्त्रणा गरिएको छ।