
ग्लोबल फोरम जापानले जातीय भेदभावविरुद्ध जागरूकता फैलाउने उद्देश्यले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नेपाली कलाकारहरू राज वि.क., झरना बराईली, विर बहादुर विक, सुजन परियार, स्मृति विश्वकर्मा र गजलकार ज्ञानलाल शास्त्रीको विशेष प्रस्तुति रहने फोरमकी अध्यक्ष मुना सुनारले जानकारी दिनुभयो ।

आगामी अक्टोबर २० तारिख दिउँसो १२ बजे सिनओकुबोस्थित काठमान्डौ लाउन्जमा आयोजना हुने यस कार्यक्रममा समतामूलक समाज निर्माणमा प्रवासी नेपालीहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ । ग्लोबल फोरम जापानले आयोजना गरेको यस कार्यक्रमले जातीय भेदभावविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण कदम चाल्ने विश्वास गरिएको छ ।
सांस्कृतिक कार्यक्रमसँगै जातीय भेदभावविरुद्धको आवाज
विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा सांस्कृतिक कार्यक्रमसँगै जातीय भेदभावविरुद्धको आवाजलाई पनि उठाइनेछ ।
कार्यक्रममा सहभागी हुने कलाकारहरूले आफ्नो कलाको माध्यमबाट जातीय भेदभावविरुद्धको सन्देश प्रवाह गर्नेछन् । यस कार्यक्रमले नेपाली समुदायमा मात्र नभई विश्वभर नै जातीय भेदभावविरुद्धको चेतना जगाउने अपेक्षा गरिएको छ ।