टोकियो: जापानको राजधानी टोकियोमा बसोबास गर्ने नेपालीहरू र नेपाली खानाका पारखीहरूका लागि खुसीको खबर छ। अक्टोबर २२, मङ्गलबारदेखि टोकियोको शिनजुकुमा “Bamboo” नामक नयाँ नेपाली रेस्टुरेन्टले आफ्नो सेवा दिने तयारी गरिरहेको ‍ छ  ।

शिनजुकुको इचिबंगाई भवनको दोस्रो तलामा अवस्थित यस रेस्टुरेन्टले नेपाली खानाका विभिन्न परिकारहरू प्रस्तुत गर्दैछ। मोमो, चाउमिन, दाल भात, अचार ,विभिन्न तरकारीका परिकारहरू र नेपालको हिमाली क्षेत्रमा प्रचलित मौलिक खानाहरु  मेनुमा समावेश छन्।

यसबाहेक, ग्राहकहरूले खाना खाईरहेका बेला लाइभ संगीतको मज्जा पनि लिन सकिने संचालक राजेश श्रेष्ठले जानकारी दिनुभयो। “Bamboo” ले नेपाली समुदायलाई घरको स्वाद दिने मात्र नभई नेपाली खानालाई विश्वभर चिनाउने लक्ष्य राखेको छ।

रेस्टुरेन्टको विवरण:

नाम: Bamboo
ठेगाना: टोकियो, शिनजुकु कु ह्याकु निन चो १-१०-१७, इचिबंगाई भवन २फ्लोर
सम्पर्क: ०३-५९८९-१७०८

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय