
म्हेन्दो लामा ओकिनावा/ जापान
ओकिनावामा चितवन समाज गठन भएको छ। २०२५ मार्च १० तारिख सोमबार सम्पन्न भेलाले किशोर धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा कमल शर्मा, उपाध्यक्षहरूमा सन्देश थपलिया, अनुप महतो र लक्ष्मी सापकोटा, महासचिवमा अनिल बगाले, सचिवहरूमा मनोज भुजेल र प्रकाश दवाडी, कोषाध्यक्षमा ललित लामा र सह-कोषाध्यक्षमा नारायण अधिकारी चयन भएका छन्। सदस्यहरूमा लोकनाथ गैरे, सुमन घिमिरे, सुनिल बिक, बिनोद शाह, अमृत भट्ट, लक्ष्मी ओझा र इन्दु भण्डारी रहेका छन्।
नवगठित समितिलाई बधाई दिँदै कार्यक्रममा सहभागीहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरे। चितवन समाज ओकिनावाको गठनका लागि निरन्तर सहयोग गर्ने सल्लाहकार शंकर अधिकारी र एभरेस्ट करीहाउस परिवारलाई विशेष धन्यवाद दिइएको छ।
एनआरएनए ओकिनावाले पनि चितवन समाज ओकिनावासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा ओकिनावामा रहेका चितवनवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।