टोकियो/ जापान
खेनपो धर्मगुरु सोनाम ग्युर्मे तामाङ, धर्म टेलिभिजन एचडीका अध्यक्ष तथा संस्थापक र धर्म आइडल अभियानका प्रमुख संयोजकले हालै नेपाली समुदायसँगको भेटघाटका लागि जापान भ्रमण गर्नुभएको छ। उहाँको यस भ्रमणको मुख्य उद्देश्य सन् २०२४ मा नेपालमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय ङ्युङ्ने बौद्ध समारोहको प्रवर्द्धन गर्नु रहेको छ।

जापानमा रहँदा उहाँले नेपाली सांस्कृतिक अध्येता युको ओकामोतोलाई जापानका लागि धर्म आइडल पिस एम्बेसडरमा नियुक्त गर्नुभएको छ। साथै, शिक्षा शान्ति वाइवा र फुर्वा शेर्पालाई कोअर्डिनेटरको जिम्मेवारी दिइएको छ।

यसैबीच जापान भ्रमणकै क्रममा तोचिगीमा बसोबास गर्ने बौद्धमार्गीहरूसँग समेत भेटघाट गरी धर्मगुरु तामाङले बौद्ध धर्मको सन्देशलाई विश्वव्यापीकरण गर्ने विषयमा जोड दिनुभएको थियो। उहाँले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय ङ्युङ्ने बौद्ध समारोहमा जापानी बौद्धमार्गीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्नुभएको छ।

धर्मगुरु तामाङले तोचिगी जापानका लागि लामा थुटोपलाई धर्म आइडल कोअर्डिनेटर र थप तीन जना धर्म आइडल कन्भेनरको रुपमा नियुक्त गर्नुभएको छ। यस नियुक्तिसँगै जापानमा समारोहको प्रचारप्रसारका लागि थप गतिशीलता आउने अपेक्षा गरिएको छ।

धर्मगुरु तामाङको जापान भ्रमणलाई नेपाली बौद्ध समुदायले सकारात्मक रूपमा लिएको छ। उहाँको यस भ्रमणले नेपाल र जापानबीचको बौद्ध सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय