जापान सरकारले प्रकोप प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यमा आर्थिक सहयोग बढाउन भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन तथा डाटा संकलनगरी आर्थिक सहायता प्रदान गर्ने कार्यलाई तीव्रता दिइरहेको छ ।

जापान सरकारले एक साताभित्र भूकम्पलाई ‘चरम गम्भीर विपद्’ घोषणा गर्ने लक्ष्य राखेको छ । सरकारले सबैभन्दा कठिन प्रभावित इशिकावा प्रिफेक्चरका मानिसहरूलाई उनीहरूको जीवन पुनर्निर्माणको लागि राज्य सहयोग प्रदान गर्न आवेदन प्रक्रिया यथासाक्य  चाँडो अगाडि बढाउने योजना बनाएको छ।

 घरहरू पूर्ण रूपमा ध्वस्त भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका परिवारहरूलाई ३ मिलियन येन वा लगभग २०,००० डलरसम्म सहायता प्रदान गरिनेछ।

सरकारले स्थानीय नगरपालिकाहरूलाई होटेल र इन्समा उपलब्ध कोठाहरू भाडामा लिन मद्दत गर्न प्रभावित क्षेत्रमा अधिकारीहरू पठाउने  तटीय क्षेत्रहरू सहित भारी क्षतिग्रस्त सडकहरूमा मर्मत कार्य गर्ने जनाएको छ । 

 जनता र बासिन्दाहरूलाई राहत आपूर्ति र अन्य सहायताको लागि यातायात मार्गहरू सुरक्षित गर्न निजी सवारी साधनहरू प्रयोग नगर्न आग्रह समेत गरेको छ । 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय