नारितामा सम्पन्न तेस्रो डायमन्ड कप फुटसल प्रतियोगिताको उपाधि मर्करी एफसी टोकियोले हात पारेको छ। फाइनलमा मर्करीले काभ्रेली समाज जापान “WHITE” लाई पराजित गर्दै च्याम्पियन बनेको हो।
प्रतियोगिताको सेमिफाइनलमा लमजुङ एफसी र नेपाल युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट खेलाडीको अवार्ड मीन गुरुङले जित्दा जय मोक्तान सर्वाधिक गोलकर्ता घोषित भएका छन्। बिकेश श्रेष्ठ उत्कृष्ट गोलकिपर र अनिल तामाङ उत्कृष्ट डिफेन्डर बन्न सफल भएका छन्।
शिजुओका ब्रदर्सलाई फेयर प्ले टिमको उपाधि प्रदान गरिएको आयोजक डायमन्ड नारिताका अध्यक्ष नविनदिप गुरुङले जानकारी दिनुभयो । । विजेता टिम मर्करी एफसी टोकियोलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ।
उपविजेता र सेमिफाइनलिस्ट टिमहरूले पनि नगद पुरस्कार र मेडल प्राप्त गरेका छन्। फोरेक्स जापान रेमिटको प्रायोजनमा आयोजित यस प्रतियोगिता नोभेम्बर २४ तारिखमा जेड फुटसल स्पोर्ट नागारेयामामा सम्पन्न भएको थियो।
Enter