
फुकुओका: प्रवासी नेपाली मञ्च जापान क्युस्यु क्षेत्रीय कमिटी फुकुओकाको हाल सम्पन्न चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट रोशन दाहाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा टिकाराम खरेल, सचिवमा दामोदर वस्ती, उपसचिवहरूमा निमु क्षेत्री र कबिता लामिछाने तिमल्सिना तथा सदस्यहरूमा रबिन खड्का, रमेश दुलाल, प्रकाश तिवारी, राजकुमार परियार, श्रवण क्षेत्री र कुश्माखर न्यौपाने रहनुभएको छ।
नवनियुक्त अध्यक्ष रोशन दाहाललगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना