.जापानमा फरक फरक प्रयोजनको लागि फरक फरक किसिमको खाम प्रयोग गर्ने चलन छ ।
तपाइ जापानमा हुनुहुन्छ र जापानी आफन्त वा परिवार मृत्यु भइ अन्तिम बिदाइमा जादैहुनुहुन्छ भने पैसा चढाउदा छुट्टै बिशेष खाम किन्नुहोला ।
यहाको जापानको चलन अनुसार चाहि त्यो दिन मृतक परिवारको सदस्य अथवा आफन्त reception( うけつけ) मा २/३जना बस्ने चलन छ । र मान्छे हरु भित्र पस्नु अगाडि नै डोकाको reception ( うけつけ)मा नाम लेखेर पैसा दिने रहेछ। पैसा हाल्ने खाम पनि तलको फोटोको जस्तै चाहिन्छ।
यो खाम लाई जापनीज भाषामा こうでん (香典)ふくろ भनिन्छ । यो खाम कोन्बिनी पसल तिर किन्न पाइन्छ । पैसा खाममा हाल्दा पैसा चाहि उल्टोबाट राख्नु पर्छ । भन्नाले खाम खोल्दा अगाडिको फोटो चाहि पछाडि पार्नु पर्छ । खाममा चाहि अनिवार्य नाम , ठेगाना र रकम पनि उल्लेख गर्नु पर्ने हुन्छ ।
जुन उहाहरुले ढाटा राख्दा सहज होस भन्नाको लागि रहेछ। खामको भित्र नाम , ठेगाना र रकम लेख्ने ठाउँ छ। खाम भित्र लेखी सके पछि खाम बाहिर चाहि नाम मात्र लेखे हुन्छ। यदि एउटै परिवार बाट एक जना भन्दा बढी उपस्थित भएको खण्डमा उहाहरुको नाम पनि खाम बाहिरा लेख्नु पर्ने हुन्छ ।





