दिनेश थापा/टोकियो
“हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६) का लागि सातौ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ।
अधिवेशनलाई हामी यस पटक विगत भन्दा अलि पृथक र व्यवस्थित तबरबाट अधिवेशन सम्पन्न गर्नका लागि जुटिरहेको संस्थाका अध्यक्ष राजु बस्नेतले बताए।
अब आउने नया कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाऊपालिका भित्रका सबै वडाबाट प्रत्यक्ष निर्वाचित सदस्य अनिवार्य उपस्थिति बनाउनका साथै अपनत्व सहितको समाज निर्माण गर्नका लागि आवश्यक तयारिमा लागेको समेत अध्यक्ष बस्नेतको भनाई छ।
हाम्रो यस क्षेत्रीय समितीको अधिवेशन सम्पन्न गर्नका लागि हाम्रो कार्यसमितिले गलकोट समाज जापानका संरक्षक नर बहादुर थापा ज्यूलाई निर्वाचन संयोजक चयन गरेको र ऊहाकै संयोजकत्वमा गलकोट समाज जापानका केन्द्रीय सचिव डिलाराम निउरे र क्षेत्रीय समिती टोकियोका सल्लाहकार दुर्गा बहादुर खत्री ज्यू सदस्य रहने गरि निर्वाचन समिती समेत बनाएको सचिव दिपक सुवेदी(विप्लप) ले जानकारी गराए।
निर्वाचन समितीले आफुलाई प्रदान गरिएको जिम्मेवारीलाई पुरा गर्नका लागि आवस्यक गृहकार्यको सुरुवात गरेको निर्वाचन समिती संयोजक नर बहादुर थापाले बताए। केहि समयमा निर्वाचन समितीले निर्वाचन प्रकृयामा जानका लागि कान्तोबासी गलकोटेहरु बिचमा निर्वाचन आचारसंहिता, गठन प्रकृया, उमेदवारको योग्यता र उमेदवारी शुल्क, उमेदवारी दर्ता अन्तिम मिती, अन्तिम नामावली प्रकाशन, उमेदवारी माथि दाबि विरोध, उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन सम्पुर्ण को मिती र समय लगायतका विषयलाई संस्थाको पेजबाट सार्वजनिक समेत गर्ने तयारीमा रहेको संयोजक थापाको भनाई छ।





