जातिय विभेद बिरुद्ध बिश्व मञ्च (ग्लोबल फोरम) जापानको शुक्रबार टोकियोमा भएको तेस्रो अधिवेशनले मुना सुनारको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
‘सबैखाले विभेदहरुको अन्त्य गरौं, समानतामुलक समाजको निर्माण गरौं’ भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा गोविन्द सिंह, दिपक सुनार, सरिता बराईली, मञ्जुल बराईली, अमृत सुनार र मंगल सुनार चयन भएका छन् भने महासचिवमा गंगालाल जि. आर., सचिवहरुमा बिष्णु बिक, प्रकाश बिश्वकर्मा, रबिन्द्र रसाईली, गणेश सोनी रसाईली र शिशीर सुर्खेती रहेका छन् । यसैगरी कोषाध्यक्षमा सोम बिक र सहकोषाध्यक्षमा उत्तम बिश्वकर्मा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रिमा गदारेली, सुजन सुनार, द्रोणबहादुर सुर्खेती, पवन बिश्वकर्मा, रामशरण रसाईली, राजेश बिक, सुनिता बराईली, शिला रसाईली, बिमल बिक, सुशिल सुनार, सुरेन लोहोनी बिक, हरि बिसी, लक्ष्मी बिक, झरना बराईली, पुष्पा बिक, पदमप्रसाद भट्टराई, गोबिन्द बिक र नारायण बिक रहेका छन् ।
फोरमका अध्यक्ष धनबहादुर बिकको सभापतित्व र एनआरएन जापानका अध्यक्ष नविन निउरेको प्रमुख आतिथ्यतामा भएको अधिवेशन समारोहमा फोरम जापानका सदस्य गंगालाल जि. आर. को स्वागत मन्तब्य रहेको थियो ।
समारोहको अन्त्यमा सभाध्यक्ष बिकले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गर्दै नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । अधिवेशन समारोहमा मुना सुनारको सञ्चालन रहेको थियो ।





