टोकियो, जापान: गुरुङ समाज जापानले आज एक ऐतिहासिक भेलाको आयोजना गर्ने भएको छ। “भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान! मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा हाम्रो अभियान!!” भन्ने मूल नारासहित आयोजना हुन लागिरहेको यो भेला गुरुङ समुदायको एकता र समृद्धिको लागि कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

भेलाको उद्देश्य गुरुङ भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन, गुरुङ समुदायको एकतालाई बलियो बनाउनु,जापानमा रहेका गुरुङहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउनु,भावी पुस्तालाई गुरुङ संस्कृतिबारे जानकारी दिनु, गुरुङ समुदायका साझा समस्याहरूबारे छलफल गरी समाधान खोज्नु रहेको बताइएको छ ।
गुरुङ संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू ,गुरुङ परिकारहरूको समेत प्रदर्शनी हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक नरेन्द्र घलेले जानकारी दिएका छन्। उनका अनुसार भेलामा गुरुङ समुदायका भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति संरक्षण तथा संवर्द्धनका विषयमा गहन छलफल हुनेछ।
आयोजक समितिले विभिन्न पेशा, व्यवसायी, युवा, विद्यार्थी साथीहरू लगायत सम्पूर्ण कान्तोवासी गुरुङ बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरूलाई भेलामा उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।
भेलाको मिति, समय र स्थान:
मिति: आज
समय: बिहान ११ बजेदेखि
स्थान: सिनोकुबोस्थित रोयल गार्डेन





