टोकियो, जापान – जापानमा रहेका सम्पूर्ण गुरुङहरूको साझा र गौरवशाली संस्था गुरुङ समाज जापानले आफ्नो प्रथम स्थापना दिवसको शुभ अवसरमा ‘रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम-२०२५’ आयोजना गर्ने भएको छ।

यो कार्यक्रम यसै महिनाको जुन २९ तारिख, आइतबार भव्यताका साथ मनाइँदैछ।
वनभोज तथा भेटघाट कार्यक्रमसँगै नेपालका ख्यातिप्राप्त चर्चित कलाकारहरूका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको ‘लाइभ म्युजिक बाजा’ सहितको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहनेछ।

कार्यक्रम संयोजक जगदीश गुरुङका अनुसार, गत वर्ष जस्तै यस वर्ष पनि कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनका लागि जापानमा बसोबास गर्ने सम्पूर्ण गुरुङ/गैर-गुरुङ समुदायका व्यक्तिहरू साथै विभिन्न संघ/संस्थाका अध्यक्षज्यूहरूलाई सादर निमन्त्रणा गरिएको छ।
गुरुङ समाज जापान परिवारले यस विशेष अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सबैमा हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय