गुरुङ समाज जापानको कान्साई क्षेत्रीय तदर्थ समिति गठन भएको छ। फेब्रुअरी २३ तारिख आइतबार सम्पन्न बृहत् भेलाले दिनेश गुरुङको संयोजकत्वमा नयाँ तदर्थ समिति चयन गरेको हो।

समितिको उप-संयोजकमा संगिना गुरूङ, निर्देश गुरूङ सचिवमा  युना गुरूङ सह-सचिवमा प्रनिता  गुरूङ,कोषाध्यक्षमा  सेजल गुरूङ,
सह-कोषाध्यक्षमा पविना गुरूङ र सदस्यहरूमा दुर्गा गुरूङ,सुस्मी गुरूङ,विनिता गुरूङ,जित बहादुर गुरूङ,प्रमिला गुरूङ र काजल गुरूङ चयन भएका छन्।

भेलाले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। तेज बहादुर गुरुङ, रवि घले र कुशल गुरुङ सल्लाहकार समितिमा रहेका छन्।

आगामी मार्च ३० तारिख आइतबार ओसाकामै अधिवेशन गर्ने निर्णय भएको छ। उक्त अधिवेशनलाई गुरुङ समाज जापानका केन्द्रीय अध्यक्ष युवराज गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनमा मगर, तामाङ, शेर्पा लगायतका एकल जातीय संस्थाहरूले पनि आफ्नो संस्कार र संस्कृति झल्किने नृत्यहरू प्रस्तुत गर्नेछन्।

एनआरएनए कान्साईका पूर्व सचिव तथा युवा व्यवसायी तेज गुरुङको अध्यक्षतामा सोल्टी मार्ट मोमोदानीमा सम्पन्न भेलाले आगामी अधिवेशनलाई सफल पार्न दिनेश गुरुङको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।

भेलामा कान्साई क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय