टोकियो – अन्य विदेशीका साथै नेपालीहरुको बाक्लो उपस्थिति रहेको शिनओकुबोमा जून १ तारिख आईतबार इन्टरनेशनल फेस्टिवल हुन भएको छ ।

शिनओकुबो-ओकुबो क्षेत्रमा ब्यवसायिक गतिविधि गरिरहेका जापानी तथा विदेशीहरुबीच पारस्परिक सम्बन्ध स्थापित गर्ने, सामाजिक तथा साँस्कृतिक विविधता आदान-प्रदान गर्ने र एकअर्काका मूल्य, मान्यता र सँस्कारलाई सम्मान गर्दै मिलेर अगाडि बढ्ने उद्देश्यका साथ गठन भएको इन्टर्नेशनल विजनेश कोअपरेशनले उक्त फेस्टिवलको आयोजना गरेको हो ।

जापानी, नेपाली, बंगलादेशी, कोरियन, भियतनामी र चिनिया सम्मिलित उक्त संस्थाको आयोजनामा हुने एक दिवसीय फेस्टिवलमा विभिन्न देशका खानाका स्टल, कला र सँस्कृति झल्काउने साँगीतिक कार्यक्रम, वेशभूषा प्रदर्शन र विभिन्न मुलुकको प्रतिनिधित्व गर्ने इन्डोर तथा आउडोर गेमहरु हुने छन् भने स-साना नानीबाबुहरुका लागि मनोरञ्जनजन्य गतिविधि पनि रहने छन् ।

बिहान ११ बजेखेखि अपरान्ह ४ बजेसम्म हुने उक्त फेस्टिवलमा स्थानीय जापानीहरुका साथै उक्त क्षेत्रमा ब्यवसायिक गतिविधी गरिरहेका विदेशी ब्यवसायीहरुको उत्साहकजनक उपस्थिति रहने अपेक्षा गरिएको छ ।

स्थानीय जनसमुदायलाई लक्षित गरी आयोजित उक्त मिनी फेस्टिवलमा करीव २ हजार जना मानिसहरुले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय