जापान/विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित भई जापानमा उपचारार्थ रहेकी सिर्जना खड्काको उपचार खर्चका लागि आर्थिक संकलन अभियान शुरू गरिएको छ ।
नेपालमा दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. २ झुले घर भई हाल जापानको ओशाकामा बस्दै आएकी सिर्जनाको औषधिका माध्यमबाट क्यान्सरलाई निर्मूल गर्न सर्किने चिकित्सकहरूले जानकारी गराएपछि आर्थिक संकलन अभियान चलाईएको हो।
जापानका युवा ब्यवसायी तथा सामाजिक अभियन्ता विष्णु शर्माको संयोजकत्वमा नेपाल कल्याण समाज-जापानको पहलमा अहिले आर्थिक संकलन कार्य भईरहेको हो। सन् २०१९ मा विधार्थी भिषामा जापान आएकी सिर्जनाले पेटमा सहनै नसक्ने दुःखाई भएपछि सन् २०२१ को मार्चमा ओशाका सिटी जनरल अस्पतालमा परीक्षणका लागि जाँदा चिकित्सकले आमाशयको प्यान्क्रीयाटिक न्युरोईन्डोक्राइन क्यान्सर भएको बताएको सिर्जनाले जानकारी दिईन् ।
यो रोगका लागि जापान विमा प्रभावित नहुने र रकम नपाईने भएपछि क्यान्सर रोगी सिर्जनालाई नयाँ जीवन दिनका लागि आर्थिक संकलन अभियान शुरू गरिएको संयोजक शर्माले जानकारी दिए । सिर्जना अनुसार चिकित्सकहरूले एक डोजको लागि तीन संय मान (३० लाख) येन लाग्ने र पूरै चार डोजका लागि एक हजार दुई सय मान (१ करोड २० लाख) येन लाग्ने जानकारी गराएका छन् । यति धेरै रकम आफूले ब्यवस्था गर्न नसक्ने भएपछि आवश्यक पहल गरिदिन सिर्जनाले अनुरोध गरेपछि नेपाल कल्याण समाज-जापानको अगुवाईमा “सिर्जना खड्का बचाऊ अभियान” मार्फ़त आर्थिक संकलन शुरू गरिएको समाजका उपाध्यक्षसमेत रहेका संयोजक शर्माले जानकारी दिए ।
जुलाई ३० तारिकदेखि गरि अगस्ट १३ तारिकसम्म २ हप्ताको अभियानबाट संकलित चार लाख साठ्ी हजार आठ सय चौवालीस जापानी येन पीडित सिर्जना खड्कालाई नगदै हस्तान्त्रण गरिएको संयोजक शर्माले जानकारी दिए । उनले उपचारका लागि यो रकम निकै कम भएकाले संस्थागतरूपमा अभियान सम्पन्न गरिएपनि मानवीय हिसाबबाट आफूले यो अभियानलाई जारी राखेको बताए ।
“१ करोड भन्दा माथिको खर्च लाग्ने अवस्था छ अनि त्यो जम्मा गर्न सकियो भने बहिनी सिर्जनाले नयाँ जीवन पाउने चिकित्सकहरूले बताएका छन्”, शर्माले भने,”यसका लागि विशेषगरी जापानमा रहनु भएका सबै नेपाली माझ यो सन्देश प्रवाह गरिदिन म सबैसंग अनुरोध गर्दछु,सबैले १-१ हजार मात्रै जम्मा गरि दिएपनि १ करोड मात्रै होईन,करोडौं जम्मा हुन सक्ने रहेछ ।” संयोजक शर्माले हाल संस्थागतरूपमा सहयोग संकलन अभियान स्थगित गरिएकाले बिरामी सिर्जनाको खातामा नै सोझै रकम ज़म्मा गरिदिनका लागि आव्हान गरेका छन् । जसका लागि यी खाता विवरणहरू उपलव्ध गराईएका छन् ।
– जापानको लागि सृजना खड्का (कार्की) /カドカ カルキ シルザナ १४४८०-५२१३८७७१ (14480-52138771) JP Post Bank
-नेपालको लागि विष्णुबहादुर खड्का (बुबा) एनएमबि बैंक, काठमाडौं ०२१००११२३५६००११ ( 021001123560011) सिर्जनाले आफ्नो फेसबुकमा सहयोग अपील गर्दै दिएको विवरण तलको लिंकमा गएर हेर्नपनि सकिन्छ ।
https://www.facebook.com/share/p/S9dNEYHTVh1tTSY2/