जापान सागरको तटमा रहेको इसिकावा प्रिफेक्चरमा भारी वर्षा पछि कम्तीमा ११ जनाको मृत्यु भएको छ।

शनिबार इसिकावाप्रिफेक्चरको वाजिमा सिटी र आसपासका क्षेत्रमा भारी वर्षा भई नदीहरूमा बाढी आएको र पहिरो गएको थियो। उद्धार टोलीहरूले क्षेत्रहरूमा खोजी गरिरहेका छन्।

बुधबार बिहान वाजिमामा एक नदी नजिक एक महिलाको शव फेला परेको थियो। दिउँसो सहरको तटमा छुट्टै दुई पुरुष मृत फेला परेका थिए।

वाजिमामा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ र सुजु सिटीमा दुई जनाको मृत्यु भएको छ।

प्रिफेक्चरले दुई जना बेपत्ता र अन्य व्यक्तिहरूको हिसाब नमिलेको बताएको छ। यसले १२ जना घाइते भएको बताएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय