
टोकियो: गुरुङ समाज जापानको ऐतिहासिक कान्तो क्षेत्रीय भेलामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएसँगै समुदायमा उत्साह छाएको छ। हिजो टोकियोको रोयल गार्डेनमा भव्यताका साथ सम्पन्न भएको यस भेलाले नरेन्द्र घलेलाई अध्यक्षमा चयन गरेको छ।
अध्यक्ष घलेले आफ्नो कार्यकालमा गुरुङ समुदायको सामाजिक, सांस्कृतिक र सामुदायिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले गुरुङ समुदायको एकतालाई बलियो बनाउन र हाम्रो साझा पहिचानलाई अझ उचाइमा पुर्याउन कटिबद्ध रहने बताए ।
भेलामा बोल्दै, गुरुङ समाज जापान केन्द्रका अध्यक्ष युवराज गुरुङले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले भने, “कान्तो क्षेत्र गुरुङ समुदायको लागि महत्वपूर्ण केन्द्रबिन्दु हो। नयाँ कार्यसमितिले यस क्षेत्रमा गुरुङ समुदायको हितलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनेछ भन्नेमा म विश्वस्त छु।”
नयाँ कार्यसमितिले आगामी दिनमा युवाहरूलाई लक्षित कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सामुदायिक सेवा, र जापानमा रहेका अन्य समुदायसँगको सहकार्य जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।
नवनिर्वाचित कार्यसमितिलाई गुरुङ समाज जापान, कान्तो टिमका सदस्यहरूलाइ गुरुङ समाज जापान केन्द्रले खादा र प्रमाण पत्र दिएर सफल कार्यकालको शुभकामना दिएका छन्।गुरुङ समाज जापान केन्द्रका अध्यक्ष युवाराज गुरुङ र महासचिव मोती गुरुङले नयाँ कार्यसमितिका अध्यक्ष र सचिवलाइ समाजको आबद्धता पत्र र सम्बन्धन पत्र समेत दिएका थिए ।
औपचारिक कार्यक्रमको प्रमुख प्रमुख अतिथिमा गुरूङ समाज जापान केन्द्रका प्रमुख सल्लाहकार जीवन कुमार गुरूङ ,बिशेष अतिथिमा गुरूङ समाज जापान केन्द्रका युवराज गुरूङ र अतिथिहरु संरक्षक परिषदका सदस्य आस बहादुर गुरूङ , लील ब गुरूङ लगायत गुरूङ ,सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारीहरु र जापानमा रहेका दिग्गज गुरूङ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नरेन्द्र घलेको सभापतित्व रहेको कार्यक्रम संचालन भने उपाध्यक्ष प्रकाश गुरूङले गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न गुरुङ सांस्कृतिक कार्यक्रमहरूले उपस्थित सबैलाई मनोरञ्जन दिएको थियो।
समाजका सल्लाकार चित्र गुरुङको अध्यक्षतामा संरक्षक परिषदका सदस्य लील गुरुङ र उपाध्यक्ष चन्द्र गुरुङ सहित ३सदस्य रहेको निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमिति तल दिइएको छ ।
* अध्यक्ष: नरेन्द्र घले (मनाङ)
* उपाध्यक्ष: उमेश गुरुङ (गोर्खा)
*उपाध्यक्ष प्रितम गुरुङ (धादिङ)
* महासचिव: प्रितम गुरुङ (धादिङ)
* सचिव: जीवन गुरुङ (स्याङ्जा)
*सहसचिव केशव गुरुङ(गोर्खा )
* कोषाध्यक्ष: दिलमान गुरुङ (गोर्खा)
* सह-कोषाध्यक्ष: तिर्थ कुमारी गुरुङ (गोर्खा)
* सदस्यहरू:
ओमकार गुरुङ (पर्वत),भुपाल गुरुङ (गोर्खा), खड्क बहादुर गुरुङ (लमजुङ), उज्जवल गुरुङ (लमजुङ), प्रेम गुरुङ (गोर्खा), लक्ष्मण गुरुङ (लमजुङ), विकास गुरुङ (चितवन), सिर्जना गुरुङ (बागलुङ), ओम गुरुङ (बुटवल), देव गुरुङ (स्याङ्जा), विशाल गुरुङ (स्याङ्जा), युवराज गुरुङ (मनाङ), विज बले (मनाङ), जीवन धने (मनाङ), गंगा गुरुङ (मनाङ), भानु गुरुङ (मनाङ), भनिला गुरुङ (संखुवासभा), जमुना गुरुङ ((गोर्खा)), राजकुमारी गुरुङ (चितवन), उत्तम गुरुङ (कास्की), आकाश गुरुङ (कास्की)