विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखाले नेपालीहरूको महान चाड दशैं तिहारको अवसरमा एकअर्काबीच शुभकामना आदानप्रदान रचना वाचन तथा संवाद डबली २०२४ कार्यक्रम गर्ने भएको छ।
यस कार्यक्रममा साहित्यका विभिन्न पक्षहरूमाथि छलफल गर्नुका साथै विनेसाम जापानको आधिकारिक लोगो अंकित नयाँ टिसर्ट पनि सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको विवरण:
मिति: २०७१ साल असोज २८ गते आइतबार
समय: बिहान ११ बजे
स्थान: खासाइ रिन्काई पार्क, एदोगावा
आयोजक: विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखा





