जापानको क्योतोमा एक ४८ वर्षीय पुरुषलाई रेलमा एक हाई स्कुल विद्यार्थीको कपाल लगातार सुँघ्ने (टचलेस ह्यारासमेन्ट) गरेको अपराधमा पक्राउ गरिएको छ।

सिसिटीभि फुटेजका आधारमा पहिचान गरिएका उनलाई सुरुमा एउटा चेतावनी दिइएको भएपनि,पछि पटक–पटक त्यसो गरेको पाइएपछि पक्राउ गरिएको र ४ लाख जरिवाना समेत गराईएको छ ।

टचलेस ह्यारासमेन्ट भन्नाले घुरेर हेर्ने, अश्लील शब्दहरू फुस्फुसाउने जस्ता व्यवहारहरू पर्दछन् । यस्तो कार्यले पीडितलाई मानसिक तनाव पुर्‍याउने भएकाले सावधानी अपनाउन र घटनाहरू तुरुन्तै रिपोर्ट गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।

यस्ता व्यवहारहरूलाई जापानमा गम्भीर अपराधको रूपमा लिइन्छ ।
(KTV, KYOTO)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय