जापान चारवटा मुख्य टेक्टोनिक प्लेटहरूको मिलनबिन्दुमा अवस्थित छ। जापान पृथ्वीमा अत्यधिक भूकम्पीय गतिविधि हुने क्षेत्रमा पर्छ।

पृथ्वीभरि जाने म्याग्निट्यूड ६ वा बढीका भूकम्पमध्ये २० प्रतिशतको केन्द्रबिन्दु जापानमा पर्छ। साइस्मोमिटरहरूले औसतमा प्रत्येक पाँच मिनेटमा एउटा भूकम्प पत्ता लगाउँछन्।

विश्वभरि रहेका मुख्य टेक्टोनिक प्लेटहरू

जापानले भूकम्पबाट हुने क्षतिबाट जोगिने खालका भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको छ। भवन निर्माण संहिता कडाइपूर्वक लागु गरिएको छ। अनि भूकम्प गएपछि के गर्ने भन्ने तालिम सर्वसाधारणलाई दिइएको छ।

जापानमा विद्यमान भूकम्पको पूर्वचेतावनी प्रणालीलाई विश्वमा निकै उन्नत मानिन्छ। वैज्ञानिकहरू भूकम्प कहिले जान्छ र त्यो कत्रो हुन्छ भन्ने ठोकुवा गर्न सक्दैनन्। तर भूकम्प सुरु भएपछि उपकरणहरूले टीभी, रेडिओ र मोबाइल फोनको सञ्जालमा सूचना पठाउँछन्।

केन्द्रबिन्दुबाट टाढा रहेका मानिसहरूले त्यस्तो चेतावनी भूकम्पले नराम्ररी हल्लाउनुभन्दा १० देखि २० सेकेन्डअघि प्राप्त गर्छन्। तपाईँलाई त्यति समय अपर्याप्त लाग्न सक्छ। तर स्थानीय दमकल स्टेशनमा ढोका खोल्न र तीव्र गतिमा गुडिरहेका रेलहरूलाई ब्रेक लगाउन त्यो पर्याप्त समय हो।

अनि त्यति बेरमा मानिसहरू सुरक्षित तरिकाले बस्न पनि सक्छन्।

@bbc

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय