आज जापानी बयस्कहरु सेइजिन नो हि (成人の日) मनाउँदैछन् । आजबाट १८ बर्ष पुगेका युवा युवतीहरुले स्वतन्त्र जिन्दगीको सुरुवात भएको खुशीयाली मनाउँछन्, यसै दिनदेखि उनीहरूले कानूनी रूपमा वयस्कको सबै अधिकारहरू प्राप्त गर्छन्। यस दिन युवायुवतीहरूले विभिन्न धार्मिक स्थलहरूमा गई आशीर्वाद लिन्छन् र सेईजिन सिकी (成人式) नामक विशेष समारोहमा सहभागी हुन्छन्।

उनीहरुलाई स्थानीय निकाय (सिटी अफिस) द्धारा आयोजित समारोहमा आमन्त्रित गरि बधाई दिनुका साथै उनीहरुको जिम्मेवारीबारे बताइन्छ । युवतीहरु परम्परागत किमोनोमा र युवाहरु विशेष आकारको लामो कोट र सुटमा सजिएर कार्यक्रममा सहभागी हुन्छन्।

यस दिनदेखि उनीहरुले विभिन्न कानूनी तथा व्यक्तिगत अधिकारहरु पाउँछन् ।

जापानमा पहिला यस्तो अधिकार पाउने उनेर २० बर्ष कायम रहेकोमा २०२२ देखि यो उमेर घटाएर १८ बर्ष बनाइएको छ ।

सन् १९९९ सम्म जनवरी १५ लाई 成人の日 को रुपमा मानिन्थ्यो, सन २००० पछि प्रत्येक वर्ष जनवरी महिनाको दोस्रो सोमबारलाई सेइजिन नो हि का रुपमा मनाइदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय