आध्यात्मिक गुरु श्री श्री १००८ कालिदास बाबाको पवित्र उपस्थितिमा आज टोकियोको ओगिकुबोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा विशेष धार्मिक तथा आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना हुने भएको छ । । कार्यक्रममा सहभागी भई दिव्य आशिर्वाद ग्रहण गर्न आयोजकले सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ।

श्री श्री १००८ कालिदास बाबा एक प्रसिद्ध तांत्रिक साधक, योगी एवं आध्यात्मिक गुरु हुनुहुन्छ। उहाँले योग, ध्यान, तंत्रविद्या तथा आध्यात्मिक शिक्षामार्फत असंख्य भक्तजनलाई मार्गदर्शन गर्दै आउनुभएको छ। मानव सेवा, धर्म प्रचार र साधना मार्फत उहाँले समाजमा आध्यात्मिक चेतना जगाउनुभएको छ। कार्यक्रममा उहाँले आध्यात्मिक ज्ञान र अनुभव बाँड्नुहुनेछ।

कार्यक्रम एभरेस्ट इन्टरनेशनल स्कुल, सुगिनामी-कु, ओगिकुबो १-१९-१० मा बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक भक्तजनले सपना श्रेष्ठ (०८०-९४०७-४९४८), कार्साङ तामाङ (०७०-३९७४-६९९२), लक्ष्मी केसी महर्जन (०९०-६१९१-११६०) वा सुरेश अधिकारी (०७०-९०९०-१६९७) लाई सम्पर्क गर्न सक्नुहुनेछ। कार्यक्रमको सहजकर्ता रबिन शर्मा रहेका छन्। आयोजकले सम्पूर्ण भक्तजनलाई यस दिव्य अवसरमा उपस्थित भई पुण्य लाभ प्राप्त गर्न अनुरोध गरेको छ।

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय