टोकियो/जापान। कास्की पोखरा समाज जापानको छैटौँ अधिवेशन आगामी फेब्रुवरी ०९ तारिख आइतबार टोकियो स्थित राइनो किचिन रेष्टुरेन्टको हलमा हुने भएको छ ।
समाजका अध्यक्ष सन्देश अधिकारी ज्युको अध्यक्षतामा हाला सम्पन्न बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्नेछ।अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागी सबै तयारी थालिएको महासचिव सरोज कार्कीले बताए ।
अधिवेशनका दिन जापानमा रहेका सम्पुर्ण कस्केलीरूलाई सहभागि जनाउन समेत कार्कीले अनुरोध गरे।
कास्की बाट आउनुभएका जापानाका विभिन्न शहरहरुमा कस्केलीहरूको ठुलो संख्या रहेको छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।
जापानमा रहेका कस्केली सहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र कास्कीको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले कास्कीको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
साथै समाजले स्थापनको १० बर्ष पुरा गरेको उपलक्ष्यमा प्रथम स्मारिका प्रकाशन गर्दै विमोचन पनि सोहि दिन गर्न गइरहेको सहर्ष जानकारी सचिब जिवन पोखरेल ज्युबाट खबर प्राप्त भयो साथै, सम्पुर्णमा उपस्थित भएर कार्यक्रम भब्य र सभ्यरूपमा सम्पन्न गर्न कार्यसमिति तयारिमा जुटिरहेको जानकारी दिनु भयो ।
छैटौँ अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र सम्पुर्ण संघ संस्था , वुद्दिजिबि बर्ग ,सामाजिक ब्यक्तित्वहरू मिडियाकर्मिहरूलाई निमन्त्रणा पत्र पठाउने क्रम चलिरहेको हुदा यदि कोहि कसैले भुलवस छुट्न गएमा यसै समाचार लाई आधार मानि उपस्थित हुनको निम्ति अध्यक्ष सन्देश अधिकारी ज्युले अनुरोध गर्नु भयो ।





