कास्की पोखरा समाज जापानले यहि आउँदो मे १८ तारिख आइतवारका दिन भेटघाट तथा रमाइलो बिबिक्यु कार्यक्रम आयोजना गर्न गइरहेको छ। संस्थाका अध्यक्ष कमल बास्तोलाले जानकारी दिए अनुसार, जापानमा रहेका कास्की पोखरा समाजका सदस्यहरू तथा शुभचिन्तकहरूलाई एकै ठाउँमा भेटी मनोरञ्जन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
बिबिक्यु कार्यक्रमको सम्पूर्ण तयारी लगभग सकिएको छ र कार्यक्रमको संयोजकको जिम्मेवारी सुन्दर बराललाई दिइएको छ। संयोजक बरालले कार्यक्रमलाई सफल बनाउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
कार्यक्रममा उपस्थित हुनका लागि संस्थाका संरक्षक, सल्लाहकार, सम्पूर्ण कस्केली बन्धुहरू, जापानमा रहेका सम्पुर्ण पत्रकार, विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायीहरू लगायत सबैलाई पत्राचार गरिएको महासचिव जिबन पोखरेल कन्चनले जानकारी दिए। साथै, कसैलाई भुलवश निमन्त्रणा छुट भएको भएमा आफ्नै न्युज डट कम मार्फत पनि सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरिएको उनले बताए। कार्यक्रम चिबा स्थित साकुरा堤公園मा मे १८ तारिख बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम बिबरण
————
Date -18th-May- 2025 (sunday)
Time- 11Am ~ 5 pm
Venue – さくら堤公園
272-0033千葉県市川市市川南3丁目13-17
Sakura Tsutsumi Koen
272-0033 Chiba-ken, Ichikawa-shi, Ichikawa-minami 3-13-17





