कास्की पोखरा समाज जापानले हिजो मे १८ तारिख आइतवारका दिन चिवा स्थित साकुरा चिचिमी पार्कमा भव्य भेटघाट तथा रमाइलो बिबिक्यु कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कमल बास्तोलाले गर्नुभएको थियो भने उपाध्यक्ष मनोज तिवारीले उपस्थित सबैलाई स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको संयोजन सुन्दर रोमन बरालले गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा थकाली समाज जापानका अध्यक्ष तथा कास्की समाजका सल्लाहकार बुद्धि गौचनको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, विशेष अतिथिहरूमा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, स्याङ्जा समाज जापानका अध्यक्ष बेद कार्की र संस्थाका संस्थापक अध्यक्ष जीवन न्यौपाने लगायत पूर्व अध्यक्षहरू विकास श्रेष्ठ, बिष्णु सुवेदी, सन्देश अधिकारी, प्रमुख संरक्षक अञ्जु भण्डारी, बाग्लुङ समाज जापानका महासचिव सचिन आचार्य, तमुधीं जापानकी अध्यक्ष हिमाली गुरुङ, घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङ र गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए जापान, स्याङ्जा समाज जापान, बाग्लुङ समाज जापान, घान्द्रुक समाज जापान, थकाली समाज जापान, तमुधीं जापान, जनजाति महासंघ जापान, दुधपोखरी समाज जापान र पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन लगायत दर्जनौं संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न व्यक्तित्वहरूको समावेशी सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष सरोज कार्कीले बिबिक्यु कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो।

महासचिव जीवन पोखरेल ‘कञ्चन’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष कमल बास्तोलाले दिनुभएको थियो। कार्यक्रममा मनोरञ्जनका लागि बिंगो खेल पनि खेलाइएको थियो, जसमा समी खड्का प्रथम भई १० हजार जापानी येन र लक्ष्मी कार्की दोस्रो भई ५ हजार जापानी येन पुरस्कार प्राप्त गरे। स्थानीय लोकदोहोरी कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

रमाइलो लोक दोहोरी हेर्न यहाँ क्लिक गर्नुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय