टोकियो: वलिहाङ तङनाम-५०८४ को अवसरमा जापानमा बसोबास गर्ने किरात याक्थुङ समुदायको प्रमुख संस्था, किरात याक्थुङ चुम्लुङ, जापानले सुभ कामना आदानप्रदानको साथमा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। यो विशेष कार्यक्रम आगामी २०२४ सालको नोभेम्बर ४ गते, सोमबार सोलमारी रेस्टुरेन्ट, सिन ओकुबो, टोकियोमा हुनेछ।

यस वर्षको उत्सवको मुख्य आकर्षण भनेको किरात समुदायको प्रसिद्ध नृत्य, केलाङ हो। केलाङ प्रशिक्षण कार्यक्रमको समापन समारोहसँगै, प्रशिक्षार्थीहरूले आफ्नो सिकाइलाइ प्रदर्शन गर्नेछन्। यसबाहेक, किरात समुदायको मौलिक गीत, नृत्य र नाटकले कार्यक्रमलाई झनै आकर्षक बनाउने अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिनुभयो ।

यो कार्यक्रममा केवल किरात समुदायका सदस्यहरूका लागि मात्र नभई जापानमा बसोबास गर्ने सबैका लागि खुला छ। किरात याक्थुङ चुम्लुङ, जापानले यस कार्यक्रममार्फत जापानमा बसोबास गर्ने किरात याक्थुङ समुदायलाई एकताबद्ध गर्ने र आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने लक्ष्य राखेको छ।

किरात याक्थुङ चुम्लुङ जापानद्वारा सञ्चालित केलाङ प्रशिक्षण कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भइसकेको छ। दोस्रो चरणको प्रशिक्षण कार्यक्रम नोभेम्बर ४ गते हुनेछ। प्रशिक्षणमा सहभागी सबैलाई उत्सवमा आफ्नो प्रस्तुति दिन अनुरोध गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय