जापानको पश्चिमी सहर कोबे र आसपासका क्षेत्रहरूले शुक्रबार विनाशकारी हन्सिन भूकम्प गएको ३० औँ वर्षगाँठ मनाएका छन्। सन् १९९५ मा गएको ७.३ म्याग्निच्युडको यस भूकम्पमा ६ हजार ४ सय ३४ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए। यस विपद्ले लाखौँलाई घरबारविहीन बनाउँदै कोबेलाई तहसनहस बनाएको थियो।

भूकम्पपछि सरकारले विपद् व्यवस्थापन प्रणालीलाई बलियो बनाउनका लागि विभिन्न कदम चालेको छ। प्रधानमन्त्री कार्यालयमा संकट व्यवस्थापन केन्द्र स्थापना गर्नुका साथै विपद्पछिको सहायता प्रदान गर्ने कानून बनाइएको छ। भूकम्प बीमाको व्यापक प्रचारप्रसार गरी विपद् जोखिम न्यूनीकरणमा जोड दिइएको छ।

यद्यपि, जापान भूकम्पीय जोखिमयुक्त देश भएकाले सरकारले विपद् व्यवस्थापनका लागि निरन्तर प्रयास गरिरहेको छ। हालैका वर्षहरूमा भएका शक्तिशाली भूकम्पहरूले जापानी जनतालाई विपद्को जोखिमबारे सचेत गराएको छ। सरकारले सन् २०२६ सम्ममा नयाँ विपद् व्यवस्थापन निकाय स्थापना गर्ने योजना बनाएको छ।

यस भूकम्पको ३० औँ वर्षगाँठमा विपद्को पीडा सम्झदै, भविष्यमा आउन सक्ने विपद्को सामना गर्नका लागि सतर्क रहनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, विपद् व्यवस्थापनका लागि जनचेतना फैलाउन र युवा पुस्तालाई यसबारे जानकारी दिनुपर्नेमा जोड दिइएको छ।
© KYODO

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय