सेवारो निप्पोन ग्रुप, जापानले नेपालकै एकमात्र सुख्खाग्रस्त यासोक (कुम्मायक) तमोर पम्पीङ खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिलाई ५०,०००/-येन ४५,५५९/-(पैंतालीस हजार पॉंच सय उनान्साठी) रुपैंया आर्थिक सहयोग गरेको छ। उक्त आयोजनाले कुम्मायक गाउंपालिकाका विभिन्न वडाहरुका वासिन्दाहरुलाई खानेपानी उपलव्ध गराउंदै आएको छ।
यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलव्ध गराउन, पानी टेङ्की संरक्षण गर्न तथा प्रशासनिक खर्च एवम् पम्पीङ मेसीन मर्मत संभार जस्तामा प्रयोजन गर्नेछ। सेवारो निप्पोन ग्रुप, जापानले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मासाथ गर्दै, यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ।
सहयोग रकम हस्तांतरणको लागि समन्वय सहयोग गर्नु हुने कुम्मायक गा.पा.वडा नं.१ का अध्यक्ष देवेन्द्र कुमार लावती तथा समाजसेवी तमोर पन्पीङ खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिका महासचिव जकेन्द्र लावती साथै उपस्थित हुनु हुने सम्पूर्ण महानुभावहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।
सन् २०१७ मा स्थापित सेवारो निप्पोन ग्रुप, जापानले स्थापनाकाल देखि नै समाजप्रतिको दायित्व निर्वाहको लागि केहि रकम छुट्याई सहयोग गर्दै आईरहेको छ।