
टोकियो, जापान लमजुङ समाज जापानको अधिवेशनले लील गुरुङ (नमस्ते) लाई सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि समाजको अध्यक्षमा चयन गरेको छ।
आइतबार टोकियोस्थित इकेबुकुरोको फुनावारी डाइनिङमा सम्पन्न अधिवेशनले अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको महासचिवमा महेन्द्र नेउपाने चयन भएका छन् भने उपाध्यक्षमा दामोदर धिताल, सोम गुरुङ र महिला उपाध्यक्षमा रूपी दूरा रहनु भएको छ।
कार्यभार हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष गुनीमाया गुरुङले नव-निर्वाचित अध्यक्ष गुरुङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै समाजलाई अझ सशक्त र सक्रिय बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष नमस्ते गुरुङले समाजको सदस्यता विस्तार र आवश्यकता अनुसार विभिन्न प्रान्तीय समिति गठनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।