नेपाल मगर संघ जापानले आगामी नोभेम्बर २ तारिख शनिबारको दिन तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले जारी गरेको सूचना अनुसार, उक्त कार्यक्रम शिनोकुबोस्थित रोयल गार्डेन रेस्टुरेन्टमा अपराह्न ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली कला संस्कृतिको झलक देख्न पाइनेछ।
कार्यक्रममा देउसी भैलो खेल्ने, विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन गर्ने, नेपाली खानाका परिकारहरुको स्वाद लिन सकिने लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने आयोजकले जनाएको छ।
नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरले भने, “यो कार्यक्रमले जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा भेला गराउने र आपसमा भाइचारा बढाउने हाम्रो उद्देश्य हो। साथै, यस कार्यक्रममार्फत नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रयास पनि हो।”
कार्यक्रममा सहभागी हुन चाहने सबैलाई आयोजकले स्वागत गरेको छ।
विवरण:
* मिति:नोभेम्बर २ तारिख (शनिबार)
* समय: अपराह्न ५ बजेदेखि राति ११ बजेसम्म
* स्थान: रोयल गार्डेन रेस्टुरेन्ट, शिनोकुबो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय