म्हेन्दो लामा/ ओकिनावा
“एकताको महोत्सव, हाम्रो विविधताको उत्सव” भन्ने मुल नाराको साथ नेपाल फेस्टिवल – ओकिनावा २०२५ हिजो फेब्रुवरी २३ तारिख आइतबारको दिन भव्यताको साथ सम्पन्न भएको छ ।

फेष्टिवलले नेपाल र नेपालीको पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने फेस्टिवलका प्रमुख अतिथि गेरआवसिय संघ (एनआरएन )जापानका अध्यक्ष नविन निउरेले बताउनुभयो ।

त्यसैगरि कला, संस्कृति, परम्परा, रीतिरिवाजको निरन्तरता र नेपाली संस्कृतिको उजागर गर्ने अभिप्रायले , जापानमा बस्ने सम्पूर्ण गैर-आवासीय नेपाली दाजुभाइ-दिदीबहिनीबीचको एकता मजबुतीकरण र भातृप्रेमको थप विकाश गर्ने उद्देश्य राखेको गैर आवासिय संघ (एनआरएनए ) जापान ओकिनावा क्षेत्रिय समितिका संयोजक देबेन्द्र खड्काले जानकारि दिनुभयो।

ओकिवाको नाहा सहरमा रहेको उमी सोरा पार्कमा आयोजित फेष्टिबल गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति ओकिनावा (एन.आर.एन.ए ओकिनावा) को आयोजनामा, जापानका लागि नेपाली राजदूतावास टोकियो तथा गैर-आवासीय नेपाली संघ जापानको सहकार्य तथा ओकिनावास्थित नेपाल संबद्द नेपाली सामाजिक संघ संस्थाहरुको सह आयोजनामा सम्पन्न भएको हो ।


फेस्टिवलमा बिभिन्न जातजातिहरुको नृत्य तथा सामुहिक झाँकी लोक तथा दोहोरी गायक सुर्य खड्का, पछिल्लो समय ओकिनावामा जापानीज सामु आफ्ना कमेडियन कला प्रस्तुत गर्दै चर्चित बन्न सफल राम आचार्य लगायत स्थानीय कलाकारको प्रस्तुती तथा बिभिन्न लाइभ ब्याण्डहरुले थप रौनकता छाएको थियो ।

नेपाल फेस्टिवलले नेपाली खाना , कला, संस्कार र संस्कृतिको प्रवर्द्धन गर्दै जापानी समुदायसँग अझै थप आत्मीयता प्रगाढ बढाउने लक्ष्य राखेको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय