
म्हेन्दो लामा /ओकिनावा
गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकिनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिभल ओकिनावा २०२५ फेब्रुअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना हुने भएको छ।
जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिभल गरी नेपाल र नेपाली पहिचान जापानीज नागरीक माझ देखाउनका लागी गरीने कार्यक्रमहरु मध्येको एकका रुपमा नेपाल फेस्टिभल पनि रहेको छ।
यस कार्यक्रमले नेपाली र ओकिनावाबासी जापानीजहरु बिचको सम्बन्ध विस्तार, सस्कृति आदानप्रदान गरी नेपालको पर्यटन क्षेत्रमा जापानीज नागरीकहरुको वृद्धि गराउन सहयोग पुराउने आशा राखिएको फेस्टिभल संयोजक तथा एनआरएनए ओकिनावा संयोजक देवेन्द्र खडकाले बताउनु भयो।
साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी जापानबासी सम्पुर्ण नेपाली तथा सरोकारवाला निकायहरुलाई सहयोगका लागी अनुरोध गर्नुभयो।