गैर आवासीय नेपाली संघ (NRNA) जापानको पहल र नेतृत्वमा जापानको चिबा प्रान्तमा निर्माणाधीन ‘नेपाल हाउस’ को प्रारम्भिक चरणको कार्य सुरु भएको छ।

सम्पूर्ण नेपालीहरूको साझा घर र गौरवको परियोजनाका रूपमा हेरिएको यस ‘नेपाल हाउस’ को निर्माण कार्यलाई अगाडि बढाउन NRNA चिबाको अगुवाइमा २०२५ जुन ८ तारिख (आइतबार) बिहान १० बजेबाट श्रमदान कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रममा विशेषगरी नेपाल हाउस बन्ने स्थान (चिबा, चुओ वार्ड, कावादोचो ३१४-१२) मा सरसफाइ तथा वनस्पति फडानी गरिनेछ।

यस एकदिने श्रमदान कार्यक्रम (२-३ घन्टा) मा सम्पूर्ण संघसंस्थाहरूका प्रतिनिधिहरू र समय मिल्ने नेपाली समुदायका सदस्यहरूलाई सहभागी भई हातेमालो गर्न हार्दिक अनुरोध गरिएको छ। आर्थिक रूपमा पनि ठूलो परियोजना भएकाले सबैको सानो सहयोगले ‘नेपाल हाउस’ को निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ। यस दिन खाजाको व्यवस्था गरिएको जानकारी पनि गराइएको छ।

आयोजकहरूले “आउनुहोस्, तपाईं हामी सबै मिली चिबामा ऐतिहासिक गौरवको परियोजना ‘नेपाल हाउस’ निर्माणमा लागि हातमा हात, काँधमा काँध मिलाऔं” भन्दै सबैलाई सहभागिताका लागि प्रेरणा दिएका छन्।

कार्यक्रमबारे थप जानकारीका लागि सुवास लामिछाने (०८०-४१३३-६१०५), समिर जंग खड्का (०८०-४०९५-०३७४), राजन बाबु सुवेदी (०८०-८३९८-११३३), र मोहन कार्की (०८०-४४९६-०८०५) लाई सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय