नेपाल मगर संघ जापानले आउँदो जुन २२, २०२५ तारिख शनिबारका दिन कासाई रिंकाई पार्कमा भव्य BBQ कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्थाले मगर भुम्या पर्वको अवसर पारेर BBQ कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गर्ने जनाएको छ।
कार्यक्रममा सहभागी हुनका लागि पुरुषहरूका लागि ¥४०००, महिलाहरूका लागि ¥३००० र विद्यार्थीहरूका लागि ¥३००० शुल्क निर्धारण गरिएको छ। आयोजकले जापानमा रहेका सम्पूर्ण मगर समुदाय तथा इच्छुक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेको छ।
थप जानकारीका लागि रामहरीलाई ०७०-९१६६-९९५५ वा प्रेम प्रकाशलाई ०८०-४४६७-४४२४ मा सम्पर्क गर्न सकिनेछ।





