
नेपाल तामाङ समाज, सिजुओकाले गत जुन ८ तारिखका दिन सम्पन्न उक्त अधिवेशनले विजय सागर योन्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कुमार तामाङ थिङ र दिपक थिङ तामाङ चयन हुनुभएको छ। महिला उपाध्यक्षको जिम्मेवारी शान्ता तामाङले सम्हाल्नुहुने भएको छ। समितिको सचिवमा मिलन थिङ तामाङ, सह-सचिबमा सुजन योञ्जन, कोषाध्यक्षमा पारू लामा र सहा कोषाध्यक्षमा प्रभात बोम्जन लामा रहनुभएको छ। यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिता तामाङ लामा, विशाल लामा तामाङ, भुवन तामाङ, बिजय रुम्बा तामाङ, राजेन्द्र तामाङ, मिना मोक्तान तामाङ, प्रताप तामाङ र पन्चलाल तामाङ हुनुहुन्छ।
यस अधिवेशनले तामाङ समुदायको सांस्कृतिक, सामाजिक र सांगठनिक एकतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नवगठित समितिको सक्षम नेतृत्वमा सिजुओका क्षेत्रमा बसोबास गरिरहेका तामाङ समुदाय अझ संगठित, जागरुक र सक्षम बन्नेछ भन्ने कुरामा नेपाल तामाङ समाज, जापान केन्द्र पूर्ण रूपमा विश्वस्त छ। यो नयाँ कार्यसमितिले तामाङ भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।
सिजुओका शाखाको गठनसँगै नेपाल तामाङ समाज, जापानका क्षेत्रीय समितिहरूको संख्या सात पुगेको छ। यसअघि क्युसु, नागोया, ओसाका, गुम्बा तोचिकी, ओकिनावा र सेन्दाईमा क्षेत्रीय समितिहरू क्रियाशील रहेका छन्। यी सबै क्षेत्रीय समितिहरूले जापानमा रहेका नेपाली तामाङ समुदायको हकहित र उत्थानका लागि सक्रियताका साथ कार्य गरिरहेका छन्।