टोकियो
मंगलबार टोकियोमा सम्पन्न भएको नेपाली ब्यवसायी संघ (NBA) जापानको दोस्रो अधिवेशनले विजय थकालीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
समितिको विधान अनुसार संघको संरक्षकमा बिनोद शेरचन चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा ददिवल खड्का, उपाध्यक्षहरुमा तुल्सीराम खरेल, बाबुराम भण्डारी, बिपिन कँडेल, शिवहरि पौडेल, श्रीभक्त गुरुङ, नरबहादुर थापा र दिपक सुनारलाई चयन भए । महासचिवमा बाबुराम पौडेल र सचिवहरुमा बुद्धिराज घिमिरे, जनक सुबेदी, गणेशजंग रायमाझी र तेजबहादुर थिङ छन् भने कोषाध्यक्षमा मुक्तिराज रेग्मी र सहकोषाध्यक्षहरुमा कार्साङ तामाङ र बाबुराम खरेल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा महेश कटुवाल, टिकाराम कँडेल, गिरबहादुर तामाङ, जीवन पाण्डे, दिपेश खनाल, रामबहादुर खड्का, ईश्वर श्रेष्ठ, रामप्रसाद गैरे र दिनेश लोहनी रहेका छन ।
अधिवेशनको प्रमुख अतिथि रहेका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपालमा लगानीको वतावरण श्रृजना गर्दै नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनहरुमा सहभागिता जनाउन ध्यानकर्षण गराउनु भयो ।
अधिवेशनमा एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नविन निउरे, ब्यवसायी संघका संरक्षक बिनोद शेरचन, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेल, नेपाली जनसम्पर्क समितिका उपसभापति राजेन्द्र जम्मरकट्टेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यसमितिको नामावली निर्बाचन समितिका संयोजक ओम गुरुङले घोषणा गर्नुका साथै सपथग्रहण गराएका थिए ।
बन्दसत्रमा बिधान समितिका संयोजक बाबुराम पौडेलद्वारा प्रस्तावित संशोधन विधान प्रस्ताव, कोषाध्यक्ष नरबहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र कार्यबाहक महासचिव बाबुराम पौडेलद्वारा प्रस्तुत कार्यप्रगति प्रतिबेदन प्रस्तुती पछि पारित गरिएको थियो ।