नेपाली कला र संस्कृतिलाई समेटेको चलचित्र “ऊनको स्वीटर” को विशेष प्रदर्शन जापानको फुनाबाशी शहरमा हुने भएको छ।
एउटा साधारण स्वीटरभित्र लुकेको असाधारण प्रेम कथामा आधारित यो चलचित्रले दर्शकहरूलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।
यस चलचित्रको माध्यमबाट नेपाली कला र संस्कृतिलाई विदेशमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक सन्जिव राईले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शन यही अगस्ट १०, २०२५ (आइतबार) का दिन Funabashi shi kinro city centerमा यो कार्यक्रम आयोजना हुनेछ।
साँझ ५ बजे गेट खोलिनेछ भने चलचित्र प्रदर्शनको मुख्य समय साँझ ६ बजेदेखि सुरु हुनेछ। फुनाबाशी शहरको Tuki restaurant को ठीक पछाडि रहेको यो स्थानमा सहजै पुग्न सकिनेछ।
चलचित्रको टिकेट बिधार्थिलाई १५००र कपललाइ ३०००येनमा उपलब्ध हुनेछ र टिकेट पाउनका लागि केही निश्चित स्थानहरू तोकिएका छन्। इच्छुक दर्शकहरूले Bhoye Chhen, आवर मार्ट फुनाबाशी, Safal Stores Funabashi, Tuki Funabashi र Sapana’s Cuisine बाट टिकेट खरिद गर्न सकिने सकिने आयोजकले बताएको छ ।





