जापानको चिबामा बसोबास गर्ने नेपाली समुदाय माझ नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को विशेष प्रदर्शन हुने भएको छ।
आगामी डिसेम्बर ८ मा चिबा सिविक हलमा आयोजना हुने यस कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नीता ढुङ्गानाको विशेष उपस्थिति रहने छ।
नेटा फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको यो नेपाली चलचित्रको मज्जा लिन आजैबाट छुट्टी मिलाइ सहयोग गरिदिन चिबा शो आयोजक BTKS मनोरन्जनका कुमार लामाले चिवाबासी सबै नेपालीहरुलाइ अनुरोध गर्नुभयो ।
ह्रस्व दीर्घ २०८१ सालमा प्रदर्शन हुने एक नेपाली फिल्म हो जसको निर्देशन चन्द्र पन्तले गरेका छन्। यो उनको निर्देशनमा बनेको पहिलो चलचित्र हो, जसले पारिवारिक प्रेम, सामाजिक सम्बन्ध र संघर्षलाई आधार बनाएर कथा प्रस्तुत गरेको छ।
चलचित्रमा प्रमुख पात्रहरूको रूपमा नेपाली कलाकार हरिहर अधिकारी, निता ढुंगाना, र दक्षिण भारतीय हास्य अभिनेता ब्रह्मानन्दम रहेका छन्
कार्यक्रमको विवरण:
मिति: डिसेम्बर ८
स्थान: चिबा सिविक हल
समय: साँझ ६ बजेदेखि
टिकट: २,००० येन र ६,००० येन
थप जानकारी: ०७० ४४३८ ८९६५, ०९० ९६६१ ३९१९, ०७० ९०३८ ९४९८, ०९० ५६९३ ७०४८